काठमाडौं । त्रिपोली (रासस/एएफपी) – लिबिया सरकारले आफ्नो विदेशमन्त्रीलाई निलम्बित गरेको छ । इजरायली समकक्षीसँग भेटेको आरोपमा विदेशमन्त्री नजला मङ्गौसलाई निलम्बन गरिएको हो । इटालीको रोम शिखर बैंकको क्रममा हालैमा दुवै देशका विदेशमन्त्रीबीच भेटवार्ता भएको थियो । प्लोस्टाइनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन ।
इजरायसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन पनि सुरु भएको छ । इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाकी विदेशमन्त्रीसँगको बैठकलाई एतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताएका छन् । पछिल्लो समय इजरायलले आफुलाई आधिकारिक रुपमा मान्यता नदिने अरब र मुस्लिम बहुल देशसँग घनिष्ठ सम्बन्ध कायम गर्ने प्रयासलाई जारी राखेको छ । यद्यपि लिबियाका तीन प्रान्तको प्रतिनिधित्व गर्ने राष्ट्रपतीय परिषद्ले इजरायसँगको सम्बन्धालाई सामान्य बनाउनु गैरकानुनी भएको बताएको छ ।
लिबिया संसद्को सभामुखको कार्यालयले निलम्बित विदेशमन्त्रीलाई देशद्रोहको आरोप लागेको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबोबले उनीमाथि अनुसन्धानको आदेश दिएका छन् । पूर्वनिधारित योजनाअनुसार रोम शिखर बैठकका क्रमम लिबियाकी विदेशमन्त्रीसँग आफ्नो देशका विदेशमन्त्रीले भेटवार्ता गरेको इजरायलका एक जना मन्त्रीले बताएका छन् । लिबियाको विदेश मन्त्रालयले चित्रण गरेजस्तो त्यो बैठक अपर्झट आयोजना नगरिएको उनले स्प्रष्ट गरेका छन् । उक्त भेटमा इजरायल र लिबियाबीच सम्बन्ध स्थापना गर्ने तथा लिबियाका रहेका यहुदीको सुरक्षा तथा हित प्रर्वद्धनमा बैठक केन्द्रित रहेको उनले बताए ।
यसैबीच, इजरायलको विदेश मन्त्रालयले उक्त भेटवार्ताको खबर सार्वजनिका नगरेको दाबी गरेको छ । विदेश मन्त्रालयलाई हवाला दिँदै प्रकाशन भएका समाचरप्रति उक्त मन्त्रालयले खेद व्यक्त गर्दैै द्धिपक्षीय भेटवार्तासम्बन्धी सूचना नचुहाएको दोहो¥याएको छ ।
आजको कान्तिपुर पत्रिकामा खबर छ ।