आजकै दिन लेनिनमाथि गोली प्रहार

दियो पोस्ट  

काठमाडौं । सन् १९१८ मा आजकै दिन (अगस्ट ३०)मा कम्युस्टि नेता भ्लादिमिर लेनिनको हत्या प्रयास भएको थियो । रुसी राजधानी मस्कोस्थित मिचेल्सन प्लान्टमा लेनिनमाथि गोलि प्रहार गरिएको थियो ।

पूर्वयहुदी तथा समाजवादी क्रान्तिकारी फानी कप्लानले लेनिनलाई लिक्षित गरी तीन पटक गोली प्रहार गरेको अधिकारीहरुले दावी गरेका थिए । लेनिनलाई एक गोली घाँटी र अर्को गोलि पाखुरामा लागेको थियो । तेस्रो गोली भने लेनिनसँग कुरा गर्न फर्किएकी महिलालाई लागेको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका लेनिन उपचारपछि निको भएको थियो ।

लेनिन एक दशक लामो निर्वासनबाट १०१७ अप्रिल १६ मा रुस फर्केका थिए । जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा लागेका कारण तत्कालीन सरकारले लेनिनलाई आफ्नो प्रमुख शत्रु ठान्थ्यो । जसको कारण उनी १९०० जुन १६ मा निर्वासना जान बाध्य भएका थिए ।

लेनिन आफ्ना दाजु अलेक्जेन्डरको व्यक्तिबाट निकै प्रभावित थिए । अलेक्जेन्डर पिटर्सवर्ग विश्वविद्यालयको विद्यार्थी रहेका बेला जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा सक्रिय रुपमा सहभागि हुन्थे । १८८७ मा रुसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षड्यन्त्रमा संलग्न भएको आरोप अलेक्जेन्डर पिटर्सवर्गमा पक्राउ परे । तत्कालीन त्यसै वर्षको मे महिनामा स्लिसेल्वर्ग किल्लामा फाँसी दिइएपछि लेनिनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गरेका थिए ।

लेनिनको नेतृत्वमा रुसी बोल्सेविक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गरेको थियो । माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा उक्त त्यो क्रान्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसका साथै, लेनिन वैज्ञानिक समाजवाद राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्तसमेत प्रतिपादन गरे ।