काठमाडौं । आफूलाई धर्मगुरुको नाममा ठगीधन्दा चलाउँदै आएका विजय भण्डारी उर्फ विजयकृष्णमूर्तिजी महाराजलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै पशुपति क्षेत्रमा तनाव भएको छ ।
प्रहरीको नक्कली चारित्रिक प्रमाण पत्र बनाएको आरोपमा उनीमाथि छानबीन चलिरहेको थियो । सोही आरोपमा पक्राउ गर्न प्रहरी त्यहाँ पुगेपनि उनले भने आफूले हिन्दुराष्ट्रको माग गरेकाले पक्राउ गर्न खोजिएको आरोप लगाएका छन् । उनले पशुपति क्षेत्रमा हिंसा भड्काउने कोशिस गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लाइभ गरेर आफूमाथि प्रहरीले पक्राउ गर्न आएको बताएका छन् । उनले भिडियो मार्फत बंग्लादेश जस्तै बनाउने धम्की समेत दिएका छन् । प्रहरी आए आफूहरुले भौतिक कारबाही गर्ने धम्की दिएका छन् । पक्राउ गर्न पुगेका प्रहरीमाथि ठग महाराजका भक्तहरुले आक्रमण गरेको भिडियोमा देख्न सकिन्छ ।