महिन्द्रा केयरफेस्ट-२०८२ को ‘बम्पर उपहार’ विजेता घोषणा, हरि पन्तलाई इलेक्ट्रिक स्कुटर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । महिन्द्रा केयरफेस्ट २०८२ को बम्पर उपहार विजेता हरि पन्तले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । समारोहमा सम्पन्न ड्रमार्फत रुपन्देहीको बुटवलस्थित मैनाबगर अटोल्यान्ड प्रा.लि.बाट सेवा लिएका लुम्बिनी प्रदेशका हरि पन्त विजेता घोषित भएका हुन् ।

विजेता पन्तले बम्पर उपहारस्वरूप BGAUSS C12 electric scooter प्राप्त गरेका छन् । गत माघ ९ देखि १४ गतेसम्म देशभरका ५३ भन्दा बढी आधिकारिक सर्भिस सेन्टरहरूमा सञ्चालन गरिएको महिन्द्रा केयरफेस्ट अन्तर्गत महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूले ‘जेन्युन स्पेयर पार्ट्स’ र अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी सवारीसाधनको सर्भिसिङ सेवा प्रदान गरेका थिए।

सोही अवधिमा सेवा लिएका हजारौँ ग्राहकहरूमध्येबाट गोलाप्रथामार्फत एक जना भाग्यशाली विजेता चयन गरिएको थियो। नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अगेइन ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस् प्रालिले ‘महिन्द्रा केयरफेस्ट २०८२ ‘सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ अभियानको बम्पर उपहार विजेताको घोषणा गरेको थियो ।

काठमाडौँको बालाजुस्थित महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा आयोजित कार्यक्रममा लक्की ड्रमार्फत विजेता छनोट गरिएको बताइएको छ । कार्यक्रममा विशेष अतिथिका रूपमा राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी तथा एपीएफ महिला फुटबल टोलीकी कप्तान अनिता बस्नेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर सुसन वैद्य श्रेष्ठ, अग्नि ग्रुप तथा बालाजु अटो वर्क्सका प्रतिनिधिहरू, महिन्द्रा एण्ड महिन्द्राका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

बालाजु अटो वर्क्सले केयरफेस्ट जस्ता सर्भिस क्याम्पमार्फत ग्राहकसँगको सम्बन्ध अझ बलियो र फलदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कम्पनीले आगामी दिनमा पनि ग्राहकलाई उत्कृष्ट सेवा तथा आकर्षक सुविधाहरू प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्सले देशभरका ५३ भन्दा बढी शाखा तथा डिलरमार्फत महिन्द्रा सवारीसाधनका लागि गुणस्तरीय सर्भिसिङ, जेन्युन स्पेयर पार्ट्स, ल्युब्रिकेन्ट्स तथा एक्सेसरिज उपलब्ध गराउँदै आएको छ।