
काठमाडौँ — गाईजात्राको अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले काठमाडौंको ठमेलमा ‘प्राइड परेड’ आयोजना गरेका छन् । यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (नील हिरा समाज)ले मङ्गलबार काठमाडौँमा आयाजना गरेको २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा गाईजात्रा ‘परेड’ प्रदर्शन गरेका हुन् ।
गाईजात्राका दिन ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएका तेस्रोलिंगीहरूले ठमेल हुँदै वसन्तपुर सम्म बृहत् र्यालीको आयोजना गरे ।
उनीहरूले प्रत्येक वर्ष यो दिनलाई आफ्नो गौरवपूर्ण दिनको रुपमा मनाउने गर्छन् ।











