नागढुंगा नजिकै पहिरो झरेपछि राजमार्ग अवरुद्ध

दियोपोस्ट संवाददाता

काठमाडौं । मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान १० बजे देखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले आउने र जाने सडक बन्द गरिएको छ । पहिरो पनछ्याउन दुईतर्फी डोजर तयार गरेता पनि पहिरो खसी रहेको हुनाले काम भने सुरु भएको छैन । हेम थपलियाले ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुनेबताएका छन् ।

 

सम्बन्धित खबर

सिफारिस