कृष्णजन्माष्टमी पाटन कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड

दियोपोस्ट संवाददाता

भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको छ । दर्शनार्थीहरुलाई पूजाका लागि दुई लाइनको व्यवस्था मिलाइएको छ । विश्‍वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।