पारा खेलकुदलाई प्राथमितामा राखेका छौं : सदस्य सचिव घिसिङ

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष प्राथमिकतामा राखेको बताएका छन् । अमेरिकाबाट आएका १२ जना प्रतिनिधि मण्डलसंगको भेटमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘स्पोट्र्स डिप्लोमेसी–स्पोट्र्स फर सोसल चेन्ज’ कार्यक्रमअन्तर्गत १२ सदस्यीय अमेरिकी टोली बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेखकुद परिषदको कार्यालयमा आएका थिए ।

त्यसअघि टोलीलाई सदस्य–सचिव घिसिङ, राष्ट्रिय टिम तयारी निर्देशक ओलम्पियन दीपक बिष्ट, राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ, सचिवालय प्रमुख फणिन्द्र पौड्यालले टोलीलाई स्वागत गरेका थिए ।

सो अवसरमा नेपालमा एडप्टिभ स्पोट्स प्रवद्र्धन र खेल आदान–प्रदानका सम्भावना बारे अन्तरक्रिया भएको थियो । कार्यक्रमका स्थानीय साझेदार तथा बि.आई.ए. इन्स्टिच्युटका कार्यकारी निर्देशक गोकर्ण ढुङ्गानाले आदान–प्रदान कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए ।

सिफारिस