सप्तरीमा कर्फ्यु कायमै, बिहान चार घण्टा खुकुलो पारियो

दियोपोस्ट संवाददाता

सप्तरी । सप्तरीमा जारी कर्फ्यु आदेश आज बिहान केही समयका लागि खुकुलो पारिएको छ  । जिल्ला प्रशासन कार्यालय सप्तरीले नागरिकलाई दैनिक आवश्यक उपभोग्य सामग्री खरिद बिक्री गर्नका लागि बिहान ७ देखि ११ बजेसम्म कर्फ्यु खुकुलो बनाएको हो ।

प्रशासनका अनुसार तोकिएको समयावधिमा खाद्यान्न, तरकारी, दूध, औषधिलगायत अत्यावश्यक सामग्रीको खरिद-बिक्री गर्न अनुमति दिइएको छ । साथै प्रशासनको पूर्वअनुमति प्राप्त सवारी साधन मात्र सञ्चालन गर्न पाइने जनाएको छ।

यसैबीच, बिहान ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिका क्षेत्रका तोकिएका स्थानमा कर्फ्यु आदेश यथावत् रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले कर्फ्यु खुकुलो पारिएको अवधिमा पनि शान्ति-सुरक्षा कायम राख्न, कुनै पनि उच्छृंखल गतिविधिमा संलग्न नहुन तथा प्रशासनको निर्देशन पूर्ण रूपमा पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

सम्बन्धित खबर