
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा सोमबार पनि निषेधाज्ञा जारी गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू रहने जनाएको हो ।
प्रशासनका अनुसार जिल्लामा पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख देखिए पनि शान्ति-सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।
