
सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी गरेका निषेधाज्ञा हटाएको छ । आज सोमबार बिहान १० बजेदेखि यस क्षेत्रमा जारी गरेको निषेधाज्ञा पूर्ण रूपमा हटाएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो ।
प्रशासनले जिल्लामा हाल शान्ति-सुरक्षा अवस्था सामान्य रहेको जनाउँदै सबैलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेको छ ।
