
काठमाडौं । परराष्ट्र मन्त्रालयका सह-सचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई सोमबार पक्राउ गरेको हो ।
सीआईबीका अनुसार भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दा दर्ता भएपछि अदालतको प्रक्रियाअनुसार उनलाई सोमबार पक्राउ गरिएको सीआईबीले जनाएको छ ।