देवानगञ्ज घटनाका घाइते रवीन्द्र मेहताको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौं । सुनसरीको देवानगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ।

२२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यससँगै देवानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । यसअघि प्रहरीको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहता को मृत्यु भएको थियो ।

हिन्दू र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । सोही क्रममा घाइते भएका रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

सम्बन्धित खबर

सिफारिस