
काठमाडौं । तीन महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जना परेका छन् । नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्तसम्म देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो ।
उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेस प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल २ थान, पेस्तोल २ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ९ थान, भरुवा बन्दुक ४१ थान, बन्दुक ९ थान र एयरगन ३ थान गरी जम्मा ६७ थान हातहतियार बरामद भएको प्रहरीले जनाएको छ ।
साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली ४ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, कटुवा पेस्तोलको १४ राउण्ड र विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।