नेपालगन्जमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ। घटनामा ५२ वर्षीय वर्षादी लोध र ४५ वर्षीय राम फेरन कोरीको मृत्यु भएको हो ।

सोमबार बिहान करिब ११ः२० बजे अचानक इट्टा भट्टाको पर्खाल भत्किएको थियो । पर्खालमा पुरिएर दुबै जना गम्भीर घाइते भएका थिए। घाइतेमध्ये वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने राम फेरन कोरीको उपचारका क्रममा आज बिहान करिब ३ः३० बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। यस्तै, राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।