ग्वार्कोस्थित फ्लाइओभरमा बस दुर्घटना, एकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बस दुर्घटना भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको ज्यान गएको हो ।

प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

बिहीबार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्को फ्लाइओभरमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस