
काठमाडौं । सरकारले नयाँ आर्थिक वर्ष अर्थात् साउन १ गतेदेखि लागू हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलबमान लागू गरेको छ । तलबवृद्धिअनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीनै तहका सामुदायिक विद्यालयका शिक्षकहरूको तलब वृद्धि गरेको छ । नयाँ व्यवस्थाअनुसार प्राथमिक तहमा मासिक ३४ हजार ४२६ रुपैयाँदेखि सुरु हुने तलब माध्यमिक प्रथम श्रेणीमा ७४ हजार ९५८ रुपैयाँसम्म पुगेको छ ।
प्राथमिक तह: नयाँ तलबमानअनुसार प्राथमिक तहमा कार्यरत दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण (फेल) शिक्षकले मासिक ३४ हजार ३ सय २६ रुपैयाँ तलब पाउने भएका छन् । दुई विषयसम्म एसएलसी अनुत्तीर्ण शिक्षकको मासिक तलब ३६ हजार ४ सय ४५ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, एसएलसी उत्तीर्ण प्राथमिक शिक्षकमध्ये तृतीय श्रेणीको मासिक तलब ४३ हजार ४२ सय ८ रुपैयाँ, द्वितीय श्रेणीको ४८ हजार ३८ सय ७ रुपैयाँ र प्रथम श्रेणीको ६० हजार ८ सय ७४ रुपैयाँ तोकिएको छ।
निम्न माध्यमिक तह: निम्न माध्यमिक तहमा तृतीय श्रेणीका शिक्षकले मासिक ४८ हजार ३८ सय ७ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकले ६० हजार ८४सय ७ रुपैयाँ तथा प्रथम श्रेणीका शिक्षकले ६५ हजार ३सय ५२ रुपैयाँ तलब पाउनेछन् ।
माध्यमिक तह : माध्यमिक तहका शिक्षकको तलब सबैभन्दा बढी निर्धारण गरिएको छ। नयाँ तलबमानअनुसार तृतीय श्रेणीका शिक्षकको मासिक तलब ६० हजार ८ सय ७४ रुपैयाँ, द्वितीय श्रेणीका शिक्षकको ६० हजार८ सय ७४ रुपैयाँ र प्रथम श्रेणीको शिक्षकको ७४ हजार ९ सय ५८ रुपैयाँ कायम गरिएको छ, जुन सबै तह र श्रेणीमध्ये सबैभन्दा बढी हो ।
प्रोत्साहन भत्ता पनि स्शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार नयाँ तलबमानसँगै शिक्षकहरूले निजामती कर्मचारीसरह ग्रेड वृद्धिपछि कायम हुने तलबको थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत पाउनेछन् ।