ग्लोबल आईएमईको ‘नेक्स्ट जेन अकाउन्ट’ सेवा सार्वजनिक

दियोपोस्ट संवाददाता

काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘नेक्स्ट जेन अकाउन्ट’ सेवा सार्वजनिक गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्माट प्लस मार्फत केही मिनेटमै नयाँ बैंक खाता खोल्न सकिने ‘नेक्स्ट जेन अकाउन्ट’ सेवा सार्वजनिक गरेको हो ।

यस सेवामार्फत अब ग्राहकले बैंक शाखामा पुग्नुपर्ने, कागजी फाराम भर्नुपर्ने वा लामो लाइनमा बस्नुपर्ने झन्झटबिनै मोबाइलबाटै नयाँ खाता खोल्न सक्ने बैंकले जनाएको छ । यस एपमार्फत आवश्यक विवरण भरेर प्रमाणीकरण गरेपछि केही मिनेटमै खाता सञ्चालनमा आउने र कारोबार पनि तुरुन्तै गर्न सकिने व्यवस्था गरिएको छ।

साथै खाता खोल्ने बित्तिकै आफ्नै मोबाइलबाट मोबाइल बैंकिङ सुविधा पनि सहजै सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

बैंकले ग्लोबलस्मार्ट प्लसमा सुरक्षा सम्बन्धी थप सुविधा पनि समावेश गरेको छ । ग्राहकले आवश्यकता परेमा एपबाटै तत्काल आफ्नो बैंक खाता रोक्का गर्न सक्ने सुविधा पनि उपलब्ध रहेको जनाएको छ।

डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने उद्देश्यका साथै आधुनिक र डिजिटल प्रविधिमा रुचि राख्ने युवा पुस्तालाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस