नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता

कैलाली । नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कञ्चनपुर बेलौरी नगरपालिका -८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धानको क्रममा हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट २ लाख ४० हजार रूपैयाँ असुली गरी ठगी गरेको खुल्लेको छ ।

उनी माथि जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबर

सिफारिस