
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले निक्षेप फिर्ता भुक्तानीको स्थगन अवधि थप गरेको छ । बैंकले आइतबार जारी गरेको सूचनामार्फत यसअघि २०८३ साउन १५ गतेसम्म निक्षेप फिर्ता भुक्तानी गर्ने कार्य स्थगन गरिएकोमा बैंकको तरलता अवस्थालाई मध्यनजर गर्दै उक्त स्थगन अवधि २०८३ साउन २५ गतेसम्म थप गरिएको जनाएको हो ।
बैंकका भुक्तानी संयोजक विष्णु कुमार विश्वकर्माद्वारा जारी सूचनामा निक्षेपकर्ताहरूलाई भुक्तानी गर्ने कार्यका लागि थप समय आवश्यक परेको जनाउँदै यसबाट निक्षेपकर्ताहरूमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरिएको छ ।
बैंकको सूचनामा निक्षेप फिर्ता भुक्तानीसम्बन्धी कार्य साउन २५ गतेसम्मका लागि पुनः स्थगित गरिएको उल्लेख छ । बैंकले तरलता अवस्थालाई आधार बनाएर भुक्तानी प्रक्रिया अघि बढाउने जनाएको छ ।