
भक्तपुर । एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२, दुवाकोट बारुदखाना चोकस्थित त्वयना किराना पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन् ।
प्रहरीका अनुसार तुलसीरामले उपभोक्तालाई एलपी ग्यासको एक सिलिण्डर ७ हजार रुपैयाँका दरले बिक्री-वितरण गर्दै आएको भन्ने सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तुलसीराममाथि कालोबजारीसम्बन्धी विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।