समस्याग्रस्त सहकारीका छुटेका बचतकर्तालाई अन्तिम पटक मागदाबी गर्न तीन महिनाको समय थप

दियोपोस्ट संवाददाता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यसअघि मागदाबी गर्न छुटेका बचतकर्ताका लागि अन्तिम पटक मागदाबी खुला गर्ने भएको छ। समितिले सोमबार एक सूचना जारी गरी अनलाईमार्फत मागदाबी प्रणाली खुला गर्ने जनाएको हो ।

सुचनाअनुसार समस्याग्रस्त सहकारीमा बचत गरेका तर यसअघि मागदाबी गर्न छुटेका बचतकर्ताले २०८३ भदौ १५ गतेदेखि तीन महिनासम्म अनलाइनमार्फत मागदाबी पेश गर्न सक्नेछन् ।

समितिको आधिकारिक वेबसाइटमार्फत अनलाइन मागदाबी प्रणाली खुला गरिने जनाइएको छ । समितिले यसलाई छुटेका बचतकर्ताका लागि अन्तिम अवसरका रूपमा लिएको छ ।

यसैबीच, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफूअन्तर्गत रहेका सहकारीको ऋण असुली, ऋण-बचत मिलान, सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको काम नियमित रूपमा गर्दै आएको जनाएको छ ।

कार्यालय स्थानान्तरण गर्नुपर्ने भएकाले ऋण-बचत मिलानको काम भने २०८३ भदौ १५ गतेसम्म स्थगित गरिएको समितिले जनाएको छ । कार्यालय बबरमहलस्थित सिंहदरबार परिसरको पछाडि स्थानान्तरण हुने सूचनामा उल्लेख छ ।

ऋण–बचत मिलानको काम स्थगित हुँदा सरोकारवालामा पर्न जाने असुविधाप्रति समितिले क्षमायाचना समेत गरेको छ ।

 

सिफारिस