
पोखरा । गुरुङ समुदायको मौलिक तथा परम्परागत पर्व ट्होटेँका अवसरमा कास्कीका तीन स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन् ।
मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाले ट्होटेँ पर्व मनाउन गाउँपालिका, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मंगलबार ट्होटेँ पर्व मनाउने परम्परा छ । यस अवसरमा समुदायका मानिसहरू सडकमा भेला भएर विभिन्न सांस्कृतिक गतिविधिसहित पर्व मनाउने गर्छन् ।
कास्कीका तीन पालिकाबाहेक अन्य जिल्लाका केही स्थानीय तहले पनि ट्होटेँ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेका छन् ।