एका बिहानै ‘जनआस्था’ साप्ताहिकको कार्यालयमा प्रहरीको छापा

दियोपोस्ट संवाददाता

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेलगत्तै प्रहरीले उनी आबद्ध सञ्चार गृह जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ। प्रहरीले बिहिबार बिहान ललितपुरको सानेपास्थित कार्यालयमा प्रहरीले छापा मारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार दीपिका सिंहले दिएको जाहेरीका आधारमा श्रेष्ठविरुद्ध अनुसन्धान भइरहेको छ । सोही अनुसन्धानका क्रममा कार्यालयमा खानतलासी गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठविरुद्ध प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिइएको एसपी थापाले बताए ।

गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो । उक्त सामग्रीमा श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिरसमेत सार्वजनिक गरेका थिए । सोही कसुरमा श्रेष्ठ बुधबार साँझ पक्राउ परेका थिए ।

सम्बन्धित खबर