
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको नयाँ टाटा ‘पञ्च ईभी’ नेपालभर एकैसाथ सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा सार्वजनिक भएसँगै नयाँ टाटा पञ्च ईभी देशभरका आधिकारिक शोरुमबाट बिक्रीका लागि उपलब्ध भएको हो।
पञ्च ईभी पूर्वमा बिर्तामोडको अलास्का अटोमोबाइल्स, विराटनगर र इटहरीका गोयल अटो, मधेस प्रदेशका गिरिजा अटोमोबाइल्स तथा राज अटो, पोखराको दीप मोटर्स, नारायणगढको सफल मोटर्स, भैरहवाको अम्बु मार्केटिङ, बुटवलको सफल अटो इन्टरनेसनल, नेपालगञ्जको रुद्रप्रिया इन्टरनेसनल र धनगढीको गार्स ट्रेडिङ कन्सर्नबाट एकसाथ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन्।
साथै एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टीसमेत उपलब्ध गराएको छ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले पञ्च ईभीप्रति नेपाली बजारमा देखिएको उत्साह बुकिङमा समेत प्रतिबिम्बित भएको बताए । नेपाली ग्राहकको आवश्यकता र चाहनाअनुसार टाटा मोटर्सले उत्पादन ल्याउँदै आएको उल्लेख गर्दै उनले पञ्च ईभीको सुरुवाती प्रतिक्रिया र बुकिङले कम्पनीलाई उत्साहित बनाएको बताए।
उनले बुकिङ भएका ३२ लाख ९९ हजार रुपैयाँको सुरुवाती मोडलसहितका गाडी केही दिनभित्रै ग्राहकलाई डेलिभरी गरिने पनि बताए ।