
काठमाडौँ । ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार (भोलि) बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेशनको ६६ के.भी. बसबार मर्मतसम्भारका लागि भोलि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गर्ने भएको हो ।
सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति हुँदै आएका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले निर्धारित समयभित्रै मर्मतसम्भारको काम सम्पन्न गरी विद्युत् आपूर्ति नियमित गर्ने जनाएको छ।प्राधिकरणले विद्युत् सेवा बन्द हुने अवधिका लागि आवश्यक तयारी गर्न उपभोक्तालाई आग्रह गरिएको छ।