
काठमाडौं । सानिमा रिलायन्स लाइभको ‘भिजन टु भ्यालु २०८३’ कार्यक्रम सम्पन्न भएको छ । एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।
‘एम्पावरिङ द पिनाकल फर इलाइट रिजल्ट्स’ नारासहित कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया लगायत कम्पनी सञ्चालक समितिका सदस्य भरत कुमार तोदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर तथा उत्कृष्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर र कस्टमर सर्भिस अफिसरलगायतको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले गत आर्थिक वर्षमा बीमाशुल्क संकलनमा प्राप्त सफलताका लागि कर्मचारीलाई बधाई दिए। उनले उपलब्धिहरूलाई संस्थागत गर्दै टिम सहकार्य र अन्तरविभागीय समन्वयलाई निरन्तर सफलताको आधारका रूपमा अघि बढाउनुपर्ने बताए।
उनले आगामी वर्षका लागि नयाँ उत्पादनमा नवप्रवर्तन, कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) गतिविधि तथा शाखा कार्यालयहरूको मानकीकरणलाई प्राथमिकतामा राखिने जानकारी दिए ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले टिमवर्क र उपलब्धिलाई निरन्तरता दिँदै उत्पादन विविधीकरण र बजारको आवश्यकतालाई बुझेर अघि बढ्न निर्देशन दिए । उनले कर्पोरेट सुशासन र अनुपालनलाई प्राथमिकता दिँदै दिगो वृद्धि तथा हितधारकको मूल्य सिर्जनामा कम्पनी प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन तथा लक्ष्य हासिल गर्ने क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुख, मार्केटिङ अफिसर र कस्टमर सर्भिस एक्जुकेटिभलगायतलाई सम्मान गरिएको थियो।