किशोर श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालत उपस्थित गराइयो

दियोपोस्ट संवाददाता

काठमाडौँ । जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। बुधबार राति पक्राउ परेका श्रेष्ठलाई हतकडी लगाएर अदालत उपस्थित गराइएको हो ।

यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन्।

सम्बन्धित खबर