
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘मोबिलिटी संवाद’ कार्यक्रम हुने भएको छ । संवादअन्तर्गत ब्याट्री रिसाइकल र इन्धनमा इथानोल ब्लेन्डिङ विषयमा विशेष लर्निङ सेसन आयोजना गर्न लागिएको हो ।
कार्यक्रम शुक्रबार, अगस्ट १४ अर्थात् आज दिउँसो २ बजेदेखि ५ बजेसम्म नेपाल पुलिस क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा आयोजना हुँदैछ।
दिगो यातायातको भविष्यमा केन्द्रित कार्यक्रममा विद्युतीय सवारीसाधनका ब्याट्रीको पुनः प्रयोग तथा रिसाइकल, इन्धनमा इथानोल मिश्रण र वातावरणमैत्री मोबिलिटीका सम्भावनाबारे प्राविधिक छलफल गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको सहजीकरण दीपक थापालियाले गर्नेछन् । छलफलमा सुरेश श्रेष्ठ, प्रा. डा.बलराज भानोट, जतिन मक्कर, आकाश गोल्छा, सागर गजुरेल र करण खुराना सहभागी हुनेछन् ।
कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । साथै, कार्यक्रममा सहभागी हुन चाहनेलाई दिउँसो २ बजेसम्म सिटमा बसिसक्न आग्रह गरिएको छ।