गृहमन्त्री गुरुङको आपत्ति- ‘उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन’

दियोपोस्ट संवाददाता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून समिति बैठकमा मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृह सचिव तथा प्रहरी प्रमुखप्रति भएको व्यवहार र प्रस्तुतिप्रति आपत्ति जनाउँदै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले उजुरी वा आरोप लाग्दैमा जोकोहीलाई दोषी करार गरेर चरित्र हत्या गर्न नमिल्ने र न्यायिकरकानुनी प्रक्रिया पूरा नगरी समितिमा यस्तो व्यवहार गरिनु अनुचित भएको उल्लेख गरे । उजुरीको भरमा कोही पनि न्यायाधीश बन्न नमिल्ने उनको भनाइ छ ।