ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

दियोपोस्ट संवाददाता

गोरखा । ज्यान मार्ने उद्योग तथा डाँका उद्योग मुद्दाका फरार प्रतिवादी गोरखामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका-४ आमडाँडा बस्ने २७ वर्षीय राजन दर्जी रहेका छन् ।

उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०८० जेठ ८ गते बारपाक सुलिकोट गाउँपालिका-६ मैलुङस्थित घटनामा राजनसहितका व्यक्तिले गरगहना लुट्ने उद्देश्यले पीडितमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । उक्त घटनापछि राजन फरार रहेका थिए ।

पक्राउ परेका दर्जीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गोरखामा पेस गरिएको प्रहरीले जनाएको छ