
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्योति महतसँग भेट गरेकी छिन् ।
मन्त्री बादीले गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेकी महतसँग भेट गरी उनको स्वास्थ्य अवस्था, उपचार र आगामी आवश्यकताबारे जानकारी लिएकी हुन् ।
भेटमा ज्योतिले उपचारका क्रममा भोगेका समस्या तथा आफूले भोगेको यौन हिंसाबारे मन्त्री बादीलाई जानकारी गराएकी थिइन्। मन्त्री बादीले उपचारका लागि आवश्यक सहयोग र स्वास्थ्य सेवामा सहजीकरण गर्ने बताइन्।
यौन हिंसासम्बन्धी विषयमा न्यायका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरताका लागि रोजगारी तथा जीविकोपार्जनको अवसर जुटाउन पहल गर्ने प्रतिबद्धता पनि मन्त्री बादीले जनाइन्।
मन्त्री बादीले ज्योतिको उपचार, न्याय र पुनर्स्थापनाका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएकी छन्।