भोलिबाट मूल्य बढ्दै टाटाको पन्च डट ईभी, आजै बुकिङ गरे एक लाख कम

दियोपोस्ट संवाददाता

काठमाडौँ । टाटा मोटर्सको नयाँ ‘पन्च ईभी’ खरिदमा दिइएको विशेष अफरको आज अन्तिम दिन रहेको छ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा कम्पनीले पन्च ईभीमा १ लाख रुपैयाँको विशेष मूल्य छुट दिएको हो।

एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले नयाँ पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । यसको नियमित सुरुवाती मूल्य भने ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। आज एक्स्पोको अन्तिम दिन भएकाले १ लाख रुपैयाँ छुटको अफर पनि आजसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एक्स्पोको अवसर पारेर नयाँ पन्च ईभी विशेष अफरसहित सार्वजनिक गरेको थियो । भोलिबाट भने विशेष अफर समाप्त भई यसको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ।

एक्स्पोमा नयाँ पन्च ईभी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ।

अत्याधुनिक ‘एक्टि।ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालको बाटोमा गरिएको परीक्षणअनुसार यसले एकपटक फुल चार्ज गर्दा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

नयाँ पन्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा रहेका छन्।