आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

दियोपोस्ट संवाददाता

बर्दिया । आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरुवा गाउँपालिका-५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सरगमले कुटपिट गर्दा टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।