काभ्रेमा जीप दुर्घटना: दुईको घटनास्थलमै मृत्यु, तीन जना गम्भीर घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । काभ्रेको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

पनौती-तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स घटनास्थलमा खटिएको छ।

दुर्घटनाको कारण तथा घाइतेहरूको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।