
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न स्वास्थ्य, होटल तथा रेष्टुरेन्टका सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले विभिन्न ७ संस्थासँग सम्झौता गरी आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो ।
बैंकका अनुसार सम्झौताअनुसार ग्राहकले मनकामना हिलक्रेष्ट होटल, कुरिनटारमा आवास तथा रेष्टुरेन्ट सेवामा १२ दशमलव ५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, काठमाडौँको ठमेलस्थित एलोफ्ट काठमाडौँमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र लाजिम्पाटस्थित एल्लो हात्तीमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी, बुद्धनगरस्थित अल्फा केयर डाइगोनोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा र कलंकीस्थित दृष्टि आई केयरमा नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
त्यस्तै, दरबारमार्गस्थित ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा हेटौँडास्थित होटल स्मारकमा आवास, खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
बैंकले यस्तो सहकार्यबाट आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।