राधेराधे ब्वाइज होस्टेलको खानामा किरा भेटियो, खाद्य स्वच्छता सुधारका लागि निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँमा रहेको राधेराधे ब्वाइज होस्टेलको खानामा किरा भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार होस्टेलको भान्सामा पकाइएको खानामा किरा भेटिएको जनाएको हो ।

विभागले गत साउन २८ गते आकस्मिक बजार अनुगमनअन्तर्गत होस्टेलको निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा भान्साको सरसफाइ सामान्य रहे पनि व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको विभागले जनाएको छ ।

निरीक्षण अनुगमन सम्बन्धी विवरण फोहोर पानी खुवाएको तथा खानामा कीरा परेको, खानाको गुणस्तर सम्बन्धी गुनासोको बारे निरीक्षण गर्न जाँदा भान्साको सरसफाइ सामान्य रहेको, व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको तथा निकाशाको को व्यवस्था प्रवाभकारी रुपमा नरहेको जनाएको छ ।

त्यस्तै, होस्टलको भान्सामा फ्रिजको प्रयोग अव्यवस्थित तरिकाले गरिएको, भान्सामा रहेको ‘एक्जस्ट’ प्रभावकारी नभएको, भान्साकोठाको अगाडि नै शौचालय रहेको तथा भान्सामा पर्याप्त उज्यालोको व्यवस्था नभएको पाइएको विभागको विवरणमा उल्लेख छ ।

अनुगमनपछि होस्टेल व्यवस्थापनलाई भान्साको सरसफाइमा विशेष ध्यान दिन, कीट नियन्त्रणलाई थप प्रभावकारी बनाउन, एक्जस्टको थप व्यवस्था गर्न तथा फ्रिज व्यवस्थित रूपमा प्रयोग गर्न निर्देशन दिइएको छ ।

यसैगरी, भान्साकोठा अगाडि रहेको शौचालय प्रयोग नगर्नसमेत निर्देशन दिइएको विभागले जनाएको छ । खाद्यसम्बन्धी गुनासोको थप अनुसन्धान प्रक्रिया काठमाडौँ महानगरपालिकाले अघि बढाउने उल्लेख छ ।

विभागले गुनासो व्यवस्थापनका लागि आकस्मिक ‘र्‍यापिड रेस्पोन्स’ मोडालिटीअन्तर्गत अनुगमन गरेको जनाएको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार २०८३ साउन २८ गते गरिएको अनुगमन तथा निरीक्षणका क्रममा देखिएका कमजोरीका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गरिएको हो ।

विभागले होस्टेललाई सरसफाइमा विशेष ध्यान दिन, किरा नियन्त्रणलाई थप प्रभावकारी बनाउन, निकासाको थप व्यवस्था गर्न र फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिएको छ । त्यस्तै, भान्साकोठा अगाडिको शौचालय प्रयोग नगर्नसमेत निर्देशन दिइएको छ ।

सम्बन्धित खबर

सिफारिस