
काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा खानीखोला गाउँपालिका-२ की २४ वर्षीया अनिता मोक्तान र खानीखोला-४ का ६१ वर्षीय कलकबहादुर माझीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते काभ्रे बनेपा नगरपालिका-१४ बस्ने २५ बर्षको राहुल तामाङ, खानीखोला-३ का २४ वर्षिय प्रदिप जर्गामगर, खानीखोला-५ का वर्ष नखुलेको बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जिप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका -२८ वर्षका यसबहादुर तामाङलाई हेलिकप्टरबाट उपचारका लागि आज हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ ।
घाइतेमध्ये खानीखोला-५ का बौद्धमान लामा र सिन्धुपाल्चोक चौतारा नगरपालिकाका धनपति रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।