
काठमाडौँ । मकवानपुरको जुराखेतमा आज बिहान स्कार्पियो दुर्घटना भएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश-३-००२ झ ५१८३ नम्बरको स्कार्पियो आज बिहान भीमफेदी गाउँपालिका-६ स्थित जुराखेतमा दुर्घटना भएको हो ।
दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्टले जानकारी दिए । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको विष्टले बताए ।
घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त स्कार्पियोमा मुख्य न्यायाधीश तथा उनका पारिवारिक सदस्यहरू सवार रहेको बताइएको छ।