
काठमाडौँ । मकवानपुरको जुराखेतमा आज बिहान भएको स्कार्पियो दुर्घटनामा घाइते सबैको पहिचान खुलेको छ । दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेमा नगरपालिका–७ सुर्कालका करिब ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार न्यायाधीश डाँगीसहित ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ। अन्य दुई जनालाई थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।