मकवानपुर स्कार्पियो दुर्घटनामा घाइते महिलाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । मकवानपुरको जुराखेतमा आज बिहान भएको स्कार्पियो दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते लक्ष्मी बडुको काठमाडौँस्थित वीरेन्द्र सैनिकअस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको शव सोही अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते अन्यको उपचार भइरहेको जनाइएको छ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश-३-००२ झ ५१८३ नम्बरको स्कार्पियो आज बिहान भीमफेदी गाउँपालिका-६ स्थित जुराखेतमा दुर्घटना भएको थियो ।

दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका थिए । घाइतेमध्य ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ। अन्य दुई जनालाई थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो ।

सम्बन्धित खबर

सिफारिस