सिएरा ईभी नेपाल आइपुग्यो, नाडा अटो शोमा सार्वजनिक गरिँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गरेको बहुप्रतीक्षित विद्युतीय सवारीसाधन सीएरा ईभी नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने भएको छ ।

अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र फ्युचरिस्टिक डिजाइनसहितको उक्त ईभीलाई भदौ दोस्रो साता काठमाडौँमा आयोजना हुने नाडा अटो शोमा सार्वजनिक गर्न लागिएको हो ।

नेपालका लागि आधिकारिक रूपमा भित्र्याइएको सीएरा ईभीलाई भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ मा पहिलोपटक सार्वजनिक गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र आकर्षक डिजाइनका कारण उक्त ईभीले भारतीय बजारमा बिक्री तथा बुकिङमा राम्रो सफलता हासिल गरेको कम्पनीको दाबी छ । नेपाली बजारमा समेत यसले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ विकल्प थप्ने अपेक्षा कम्पनीको रहेको छ ।

नेपाली सडकको अवस्था र आधुनिक चालकको आवश्यकतालाई ध्यानमा राखेर उक्त ईभी नेपाल ल्याइएको कम्पनीले जनाएको छ । दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माणका साथ आउने उक्त मोडलले नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

नाडा अटो शोमा उक्त ईभीको स्टलमा पुगेर गाडीको डिजाइन, प्रविधि, फिचर्स र अन्य विशेषताबारे प्रत्यक्ष जानकारी लिन सकिनेछ । नयाँ ईभी सार्वजनिक हुने भएपछि अटो पारखीहरूमा समेत उत्साह बढेको कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर