
जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
नलगाड नगरपालिका-७ दानेपिपलस्थित डोल्पा-जाजरकोट सडकखण्डमा बिहीबार बेलुका भएको दुर्घटनामा नलगाड नगरपालिका-१० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका बोहराको उपचारका क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नलगाड नगरपालिका-१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन् ।
प्रहरीका अनुसार नलगाड नगरपालिका-९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनापछि फरार भएका जिप चालक नलगाड नगरपालिका-८ हलचौरका २४ वर्षीय विनोद विक भनिने विनबहादुर विकलाई प्रहरीले खोजतलास गरी बिहीबार राति नै नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।