जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित पात्ले जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौँ चन्द्रागिरि नगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विजय खत्री समेत ६ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ५ सय रुपैयाँ र १७ थान ओखर सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस