आफ्नै घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, अनुसन्धान जारी

दियोपोस्ट संवाददाता

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा २ वर्षीया बालिका आफ्नै घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी छन् ।

मोहम्मद इरफानकी २ वर्षीया छोरी खुसी खातुन आइतबार बिहानदेखि हराएकी थिइन् । बालिका हराएको जानकारी पाएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र परिवारजनले खोजतलास गर्ने क्रममा खुसी आफ्नै घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।

बालिकाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ  । घटनाको विस्तृत विवरण आउन बाँकी छ।