सरकारले एकैपटक २७ सहसचिवको सरुवा गर्‍यो (सूचीसहित)

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले एकैपटक २७ जना सहसचिवको सरुवा गरेको छ । गत भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेरसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो।

जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वा मातहत कार्यरत सहसचिव वेदप्रसाद भण्डारीलाई अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

यसैगरी पूर्वाधार विकास मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव रुद्रप्रसाद पण्डितलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कार्यरत सहसचिव नवराज ढकाललाई युवा तथा श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, लगानी बोर्डको कार्यालयमा कार्यरत सहसचिव सुनिता नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

सरकारले विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रदेश तथा स्थानीय तहमा कार्यरत अन्य सहसचिवहरूको समेत जिम्मेवारी हेरफेर गरेको जनाएको छ।