
काठमाडौं । मानसिक स्वास्थ्य र समुदायको समग्र हितलाई मध्यनजर गर्दै राजधानीमा ‘साथीसँग मनका कुरा’ नामक सामुदायिक कल्याणकारी पहल अन्तर्गत दोस्रो मानसिक स्वास्थ्य शिविर (Saturdays Mental Health Camp II) आयोजना हुने भएको छ।

आगामी भदौ १३ गते (अगस्ट २९ तारिख) काठमाडौंको नयाँ बानेश्वरस्थित पाठशाला स्कुल (पुरानो म्यारीगोल्ड) को परिसरमा बिहान ७ बजेदेखि ११ बजेसम्म उक्त शिविर सञ्चालन हुनेछ। आयोजकका अनुसार शिविरमा सहभागिताका लागि सबैलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

‘स्वस्थ मन, स्वस्थ जीवन, स्वस्थ समुदाय’ भन्ने मूल नारासहित सञ्चालन हुने यस शिविरमा परिवारका सबै सदस्य, ज्येष्ठ नागरिक, विद्यार्थी, कामकाजी पेसाकर्मी तथा व्यवसायी लगायत सबै वर्गका नागरिकहरू सहभागी हुन सक्नेछन्।

शिविरमा पाइने सेवाहरू:
समाजमा मानसिक स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न र आवश्यक व्यक्तित्वहरूलाइ सहयोग पुर्याउने उद्देश्यले आयोजित यस शिविरमा स्वास्थ्य परीक्षणका विस्तृत सुविधाहरू राखिएका छन्। शिविरमा उपलब्ध हुने प्रमुख सेवाहरू यसप्रकार छन्:
फ्रन्टलाइन हस्पिटललगायत विभिन्न स्वास्थ्य साझेदार तथा संघसंस्थाहरूको सहकार्य रहेको यो शिविर हरेक महिना एक पटक नियमित रूपमा आयोजना हुँदै आएको छ।