
काठमाडौँ । आजदेखि सुरु भएको नाडा अटो शो २०२६ मा आकर्षक सवारी कर्जा सुविधासहित महालक्ष्मी विकास बैँंकले सहभागिता जनाएको छ । बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आकर्षक तथा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने जनाएको छ ।
भदौ महिनाका लागि बैंकको आधार दर ५ दशमलव ६४ प्रतिशत रहेको बैंकले जनाएको छ । जसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्नेछन् ।
बैंकले साथै, अटो शोको अवसरमा प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ।
काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको अटो शो भदौ १४ गतेसम्म चल्ने मेलामा सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आवश्यक पर्ने सवारी कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने व्यवस्था बैंकले गरेको जनाएको छ।
महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहने ग्राहकले नाडा अटो शोमा रहेको हल नम्बर ४, स्टल नम्बर एन मा सम्पर्क गर्न सक्नेछन्। बैंकले विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज, सरल तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ।