ठगी मुद्दा हारेपछि अधिवक्ताद्वारा सर्वोच्च अदालतको भवनमै आत्महत्या प्रयास

दियोपोस्ट संवाददाता

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा एक अधिवक्ताले आज आत्महत्या प्रयास गरेका छन् । उनलाई प्रहरी उपरिक्षक अर्जुन तिमिल्सिनाको टोलीले सकुशल उद्दार गरिसकेको छ ।
हिजो सोमबार अधिवक्ता लालबाहादुर राईले दायर गरेको रिटमा अधिवक्ता राईकै पक्षमा फैसला नगरेको भन्दै आज आत्महत्या प्रयास गरेका हुन् । उच्च अदालतमा ठगीको मुद्दा पराजित भएपछि सर्वोच्च अदालतमा पुनरावेदन गर्न पुगेका राई सर्वोच्चमा पनि हार व्यहोर्नु परेको भन्दै आत्महत्या गर्ने प्रयास गर्न पुगेका हुन् ।

 

सर्वोच्च अदालतका न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र शान्तिशिंह थापाको इजलासले लाल बहादुर राईले दायर गरेको पुनरावेदन मुद्दाको सुनुवाई गर्दै निर्णय सुनाएका थिए । सर्वोच्चको वेभसाइटमा हेर्दा फैसला सदर भएको निर्णय सुनाईएको छ । अर्थात राईमाथि लागेको ठगीको आरोप सर्वोच्चबाट पनि प्रमाणित भएपछि उनी आत्महत्या गर्न सर्वोच्च अदालतको नयाँ भवनमा पुगेका थिए । उनी छतबाट हामफाल्न लाग्दा प्रहरीले उद्दार गरेको हो ।

सिफारिस