
काठमाडौँ । आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात भएको छ।
नयाँ बानेश्वर चोकमा सडक सचेतना तथा ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिएकी महिला प्रहरीमाथि जुम्ला घर भएका २७ वर्षीय राज कठायतले हातपात गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सडकमा जथाभावी बाटो काटिरहेका पैदलयात्रीलाई ट्राफिक प्रहरीले आकाशे पुल प्रयोग गरी बाटो काट्न आग्रह गरिरहेको थियो । सोही क्रममा कठायतले प्रहरीको आग्रहलाई बेवास्ता गर्दै उल्टै ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरीले कठायतलाई पक्राउ गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।